सुदर्शन बजगाई,आशाका किरण समाचार। नेकपा एमाले गोकर्णेश्वर ६ ले सर्वोच्च अदालतको उपत्यका भित्रका नदि नाला वारीपारी ४० मिटर कायम गर्ने निर्णयको विपक्षमा जनतालाई सुकुम्बासी बनाउन नहुने भन्दै जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । आज नेकपा एमाले गोकर्णेश्वर ६ ले सर्वेश्वर महादेव मन्दिर प्राङ्गणमा हस्ताक्षर अभियान सुरु गरेको हो । आफ्नो घर बागमतीबाट १००-२०० मिटर टाढा भएतापनी बागमती आसपासका जनतालाई मर्का परेको देखेर अभियान संचालन गरिएको नेकपा एमाले गोकर्णेश्वर ६ का अध्यक्ष खम बहादुर बोगटीले गोकर्णेश्वर अनलाइनलाई बताए । सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न दबाब दिन हस्ताक्षर अभियान संचालन गरिएको नेकपा एमाले गोकर्णेश्वर ६ का सचिव केशव नेपालले बताए ।जनदबाब अभियान ३ दिन सम्म चल्ने र संकलित हस्ताक्षर सरकारलाई बुझाउन लागिएको नेकपा एमालेले जनाएको छ ।उपत्यका भित्रका नदि नाला आसपासका क्षेत्रको सम्बन्धमा सर्वोच्च अदालतले ४० मिटरको मापदण्ड तोकेपछी लाखौ जनता प्रभावित हुने देखिएकोले सरोकारवालालाई ध्यानाकर्षण गराउन नेकपा एमालेले उपत्यकाका तिनै जिल्लामा अभियान संचालन गरेको छ ।
