• Saturday 25th of July 2026

निर्वाचन आयोगका प्रतिनिधिद्वारा कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर कृष्णमान डंगोललाई प्रमाणपत्र प्रदान


  • आशाका किरण

कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर कांग्रेस उम्मेदवार कृष्णमान डंगोललाई प्रमाणपत्र प्रदान गरिएको छ ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय किर्तिपुरमा निर्वाचन आयोगका प्रतिनिधिहरुले नवनिर्वाचित मेयर डंगोललाई प्रमाणपत्र प्रदान गरेको हो । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोल ५ हजार ३ सय ३४ मत ल्याई विजयी हुनुभएको थियो ।

प्रमाणपत्र ग्रहण गरेपछि नवनिर्वाचित कीर्तिपुर नगर प्रमुख डंगोलले नगरका सवैलाई विश्वासमा लिएर दुई बर्षभित्र पाँच बर्षमा गर्नुपर्ने काम गर्ने बताउनुभयो । आफ्ना कार्यकालमा जनतालाई प्रत्यक्ष महशुस हुने काम गर्ने र जनताको मत खेर जान नदिने उहाले बताउनुभयो ।

यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij