• Friday 24th of July 2026

अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याउने गृहमन्त्री रमेश लेखकको उद्घोष


  • आशाका किरण

गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याउने बताउनुभएको छ ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले बिशेषलाई उन्मुक्ति दिने, सानो ठूलो भनेर बिभेद गर्ने काम नगर्न निर्देशन दिदै अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याउनुपर्ने बताउनुभएको हो ।

शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई उहाले निर्देशन समेत दिनुभयो ।

अहिलेको सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउँनका लागि मात्र बनेको नभइ विशेष परिस्थितलाई सम्बोधन गर्न ठूला दुई दल एक ठाँउ उभिनुपरेको उहाले बताउनुभयो ।

लेखकले अहिलेको संविधानलाई असफल गर्ने छुट कसैलाई नरहेको उल्लेख गर्नुभयो ।

उहाले नागरिकले प्राप्त गर्ने सवै सेवाहरुलाई सहज रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij