• Friday 24th of July 2026

प्याब्सन काठमाडौंमा नवराज भट्ट


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्याब्सन काठमाडौं जिल्लाको अधिवेशनकालागि भएको उम्मेदवारी दर्तामा एक जनाको मात्र उम्मेदवारी परेपछि नवराज भट्ट काठमाडौं जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशन पुस २७ गतेलाई तय भएतापनी उम्मेदवारी दर्तामा अध्यक्ष र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि अध्यक्षमा नवराज भट्ट र कोषाध्यक्षमा डि.एन अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

बाँकी पदाधिकारीको निर्वाचन र विजेता घोषणा एवम् सपथ ग्रहण समारोह पुस २७ गते बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा हुने प्याब्सन काठमाडौंले जनाएको छ ।

पुर्व अध्यक्ष हरिकृष्ण श्रेस्ठ र वहालवाला अध्यक्ष प्रेम राईले समन्वयकारी भुमिका निर्वाह गरेपछी अध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेको हो ।

अन्य पदमा समेत सहमतीको प्रयास जारी रहेको प्याब्सन केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्लाका पुर्व अध्यक्ष हरीकृष्ण श्रेस्ठले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij