• Friday 24th of July 2026

कोशी प्रदेश स्काउटको ज्याम्बोरेट आजबाट सुरु: ३००० बढी स्काउट सहभागी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा भएको चौथो प्रादेशिक ज्याम्बोरेट आजबाट सुरु भएको छ ।

कोशी प्रदेशका प्रमुख स्काउट एवं कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईज्युको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश स्काउटका संरक्षक एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहमा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जित,सह-प्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय शैक्षिक पद्धति आयुक्त(महिला) भुवन सुब्बा,राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई,राष्ट्रिय कार्यकारी समिती सदस्य रवि खनाल र नवल प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याम्प चिफ एवं कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भब्य उद्घाटन समारोहमा स्वागत नृत्य, ब्रास व्याण्ड, मार्चपास प्रस्तुत गरिएको थियो ।

ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउटहरु र अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको छ ।

कार्यक्रममा ३००० बढी स्काउटको सहभागिता रहेको आयोजकले बताए ।

डिग्री क्याम्पस बिराटनगरमा आजबाट सुरु भएको कार्यक्रम माघ २८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij