सुदर्शन बजगाई,आशाका किरण मिडिया । प्याब्सन बागमती प्रदेशको अधिवेशनमा वर्तमान अध्यक्ष केशवलाल श्रेस्ठले पुनः अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।
अधुरा काम पूरा गर्न,शिक्षा ऐन निजि शैक्षिक संस्थाको हितमा हुने प्रत्याभूत गर्न र प्रदेशभर परिक्षालाई व्यवस्थित गर्न १३ वटा जिल्ला अध्यक्षको आग्रहमा आफुले उम्मेदवारी दिएको केशवलाल श्रेस्ठले आशाका किरण मिडियालाई बताए ।
श्रेस्ठसंगै मुरारी प्रकाश संजलले उम्मेदवारी दर्ता गराएपनी प्याब्सनिस्टहरुले आफुलाई जिताउनेमा श्रेस्ठ विस्वस्त छन् ।
२०८१ माघ २७ गतेलाई हर्ष बाटिका पार्टी प्यालेस च्यासलमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।
