सुदर्शन बजगाई,आशाका किरण समाचार । प्याब्सन काठमाडौंको आयोजनामा २०८२ जेठ १५ गते काठमाडौं जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । प्रत्यक पालिकाबाट प्रतिस्पर्धा गराएर १५ विद्यालय बराबर १ विद्यार्थीलाई काठमाडौं जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगितामा सहभागी गराईने प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले आशाका किरणलाई जानकारी दिनु भयो ।
प्याब्सन काठमाडौंको आयोजना र नागर्जुन प्याब्सनको व्यवस्थापनमा हुने कार्यक्रमका विजेताले नगद पुरस्सकार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक धन बहादुर पुनले बताउनु भयो ।
प्रतियोगितालाई सफल बनाउन सबै पालिकाबाट प्रतिस्पर्धा गराएर तोकिएको अनुपातमा सहभागीता गराइने नागर्जुन प्याब्सनका अध्यक्ष बासुदेव घिमिरेले बताए ।
“सामाजिक संजाल : अवसर र चुनौती” शिर्षकमा आयोजना हुने प्रतियोगिता जेठ १५ गत्र विहान १० बजेदेखि स्वयम्भू स्टार ब्याङ्केटमा संचालन हुने काठमाडौं प्याब्सनका अतिरिक्त विभाग सचिव सौर्यनाथ आचार्यले जानकारी दिए ।
प्याब्सन काठमाडौंमा नवराज भट्टको नेतृत्वको आगमन भएसंगै गतिविधिले तिब्रता लिन थालेको हो । यसअघी चालक र सह-चालकलाई ट्राफिक सम्बन्धि अभिमुखीकरण तालिम दिएर प्याब्सन काठमाडौंले ऐतिहासिक काम गरीसकेको छ ।

