सुदर्शन बजगाई,आशाका किरण समाचार ।बाँकेको नेपालगंजमा रहेको ज्ञानोदय विद्या निकेतन(GVN) मा.वि. नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको उपाधी हासिल गरेको छ ।
राजधानी काठमाडौंको नेपाल पुलिस क्लबको सभा हलमा एक भव्य समारोहकाबीच ज्ञानोदय विद्या निकेतन मा.वि.लाई पुरस्कृत गरिएको थियो ।
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले ज्ञानोदय विद्या निकेतनका सिइओ गणेश भण्डारीलाई सम्मानपत्र दिएर सम्मान गरेका हुन् ।
फोकस नेपालको आयोजनामा असार ७ गते काठमाडौंमा भएको कार्यक्रममा देशभरका विभिन्न विधामा उत्कृष्ट कलेजलाई सम्मानित गरिएको थियो ।
नेपालगंजमा रहेको ज्ञानोदय विद्या निकेतन(GVN) मा.वि. ले कक्षा ११ मा विज्ञान,मानविकी,कानुन र म्यानेजमेन्ट संकायमा अध्यन अध्यापन गराउँदै आएको छ ।
विभिन्न सम्मान प्राप्त गरेको GVN मा.वि. नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो ।
पुरस्कार पाउँदा गौरवान्वित भएको र यसले नेपालको शिक्षा क्षेत्रमा अझ मन वचन र कर्मले लाग्ने प्रेरणा मिलेको ज्ञानोदय विद्या निकेतनका सिइओ गणेश भण्डारीले आशाका किरण मिडियालाई बताए ।
