काठमाडौंको पूर्वी भेगको चाबहिल चुच्चेपाटीमा रहेको लुम्बिनी एकेडेमीले कक्षा १२ को नतिजामा विज्ञान र व्यवस्थापन दुबै संकायमा १०० % नतिजा ल्याउँदै आफुलाई अब्बल साबित गरेको छ ।
कक्षा १२ को रिजल्टमा १०० प्रतिशत नतिजा ल्याएर लुम्बिनी एकेडेमीले देशकै अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई प्रमाणित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को नतिजामा लुम्बिनी एकेडेमीले १००% नतिजा ल्याउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
लुम्बिनी एकेडेमीका अनीषा खड्का र अमन कुमार सिंहले विज्ञान संकायमा ३.९६ GPA ल्याई नेपाल टप गर्न सफल भएका छन् ।
कलेजका क्याम्पस प्रमुख रबिन भट्टराईले सम्पुर्ण शिक्षक शिक्षिका ,कलेज म्यानेजमेन्ट र नन टिचिङ स्टाफ सबैको संयुक्त प्रयासबाट सफलता हासिल गरेको आशाका किरण मिडियालाई बताए ।

पछिल्लो समय चाबाहिल क्षेत्रका सेन्ट लरेन्स,मनास्लु,विनायक सिद्ध र टेक्सास लगायतका कलेजको दबदबा टोड्दै उत्कृष्ट नतिजा ल्याएर लुम्बिनी एकेडेमीले आफुलाई शैक्षिक क्षेत्रको लामो रेसको घोडाको रुपमा प्रमाणित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालसालै प्रकाशित गरेको नतिजामा लुम्बिनी एकेडेमीलेआफुलाई अब्बल शैक्षिक संस्थाको रुपमा प्रमाणित गरिसकेकोले कक्षा ११ मा निर्धक्कसंग अभिभावकले आफ्नो विद्यार्थीको शैक्षिक भविस्यको सुनिस्च्तता पाउन सक्ने कलेजका अध्यक्ष रबिन कोइरालाले बताउनु भयो ।
लुम्बिनी एकेडेमीले भविष्यमा पनि उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्दै विद्यार्थीहरूलाई सफलताको शिखरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कलेजले भविष्यका लागि BBM, BBS र BCA जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएको छ ।
