• Friday 24th of July 2026

रिलायन्स एजुकेसन नेटवर्कले मोडल युनाईटेड नेशन आयोजना गर्दै: देशभरका २२ विद्यालयले भाग लिने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । रिलायन्स एजुकेसन नेटवर्कले मोडल युनाइटेड नेशन आयोजना गर्ने भएको छ । अगस्ट १४-१६ गतेसम्म आयोजना हुने मोडल युनाइटेड नेशनमा विद्यार्थीले संयुक्त राष्ट्र संघमा हुने बैठकको अभ्यास गर्ने छन् । कार्यक्रम बुनपा १० मा रहेको रिलायन्स पब्लिक स्कुलमा आयोजना हुने रिलायन्स इन्टरनेसनल स्कुलका प्रधानाध्यापक खेमलाल भुषालले आशाका किरण मिडियालाई बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्नसक्ने बनाउने र यसबाट सरकारकोपनी सरकारको संचालन विधि विद्यार्थीले सिक्ने रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजंग थापाले बताउनु भयो । कार्यक्रमले विद्यार्थीमा कुटनैतिक क्षमता,नेतृत्व विकास,अनुशासन क्षमता अभिवृद्धि गर्ने तथा विश्व समाज,राजनीति,भुगोल तथा अर्थतन्त्रको बारेमा गहिरो सिकाई हुने रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजंग थापाले स्पस्ट पारेका थिए ।

कार्यक्रममा उपत्यकाको १८ र उपत्यका बाहिर रुपन्देही ,चितवन र धनुषा लगायतकागरि जम्मा २२ वटा विद्यालयले मोडल युनाइटेड नेशनमा भाग लिने आयोजकको दाबी छ ।

रिलायन्स एजुकेसन नेटवर्कमा ७ वटा शैक्षिक संस्था सकृय छन् । बोर्ड फस्ट सहित विभिन्न पटक एसएलसी र एसइईमा नेपालको उत्कृष्ट नतिजा ल्याएको रिलायन्स नेपालकै अब्बल शैक्षिक संस्था मध्यको एक हो ।

१० औं संस्करणको राष्ट्रिय सम्मेलनले विद्यार्थीमा नयाँ जोश र जाँगर थप्ने आयोजकको विस्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij