• Friday 24th of July 2026

शिक्षा विधेयकमा पुर्ण छात्रवृत्ति र गैर नाफामुलक प्रावधान हटाउन दबाब दिन गोकर्णेश्वर नगरपालिकालाई संस्थागत विद्यालयको ज्ञापनपत्र


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । प्याब्सन गोकर्णेश्वरको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकामा कृयाशिल ५ संस्थागत विद्यालयको संगठनले गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललाई ज्ञापनपत्र बुझाएका छन् ।

प्याब्सन,निसान,इसान,हिसान र नेशनल प्याब्सनको संयुक्त टोलीले नगरप्रमुख रिसाललाई ज्ञापनपत्र बुझाएका हुन् । शिक्षा विधेयकमा भएको पुर्ण छात्रवृत्ति र गैर नाफामुलक बनाउँदै लग्ने प्रावधान हटाउन माग गर्दै केन्द्रको निर्देशन अनुसार ज्ञापनपत्र बुझाईएको हो ।

कार्यक्रममा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदिप अधिकारी,प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा,प्याब्सन काठमाडौंका पुर्व अध्यक्ष हरिकृष्ण श्रेस्ठले विषयको बारेमा प्रस्टाएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिरबहादुर खड्का,निसानका अध्यक्ष सौर्यनाथ आचार्य ,इसानकी अध्यक्ष साधना खतिवडा,हिसान गोकर्णेश्वरका अध्यक्ष बालकृष्ण श्रेष्ठ र नेशनल प्याब्सनका तर्फबाट हरी लामा लगायतको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र प्याब्सन गोकर्णेश्वरका सह-सचिव देवेन चंदले वाचन गरेका थिए भने ५ वटा संस्थाका प्रतिनिधिले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए ।

यस्तो छ ज्ञापनपत्र :

गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले संस्थागत विद्यालयको हक हित स्थापित्त गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने धारणा राख्नुभएको थियो ।


ज्ञापनपत्र बुझ्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिकाले निजि क्षेत्र र खुल्ला अर्थतन्त्रको बारेमा बुझेकोले लागानीकर्ताको संस्थागत विद्यालयमा भएको लगानीको सुरक्षा गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको  धारणा राखेका थिए । लाखौं रोजगारी सिर्जना गर्ने संस्थागत विद्यालयको योगदानको सरकारले प्रोत्साहन गर्नु कता हो कता अनेकन बाधा अड्चन निकालेर दुख दिने काम गरेकोमा त्यसमा आफुले सरोकारवालाको ध्यानाकर्षण गराउने वाचा समेत नगर प्रमुखले उपस्थित प्रतिनिधि मण्डल समक्ष गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij