सुदर्शन बजगाई,आशाका किरण समाचार । राजधानी काठमाडौंको मदन भण्डारी मेमोरियल स्कुलमा आयोजना भएको प्रथम निसान अन्तर विद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिताको उपाधी गोकर्णेश्वर ४ मा रहेको वर्ल्ड युथ स्कुलले जितेको छ ।
प्रतियोगितामा दोश्रो स्थान गोकर्णेश्वर लाईट एकेडेमी र तेस्रो स्थान अल्पाइन एकेडेमीले प्राप्त गरे ।
आज राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान)ले आयोजना गरेको प्रतियोगितामा २० विद्यालयलाई पछि पार्दै वर्ल्ड युथ स्कुल गोकर्णले उपाधी हात पारेको हो ।
प्रतियोगितामा प्रथम देखि आठौंसम्मलाई मेडल प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।
कार्यक्रमका विजेतालाई निसानका अध्यक्ष सौर्यनाथ आचार्य , निसानका प्रमुख सल्लाहकार ओम प्रसाद ढकाल र कार्यक्रमका प्रमुख काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी डा समन्तमणी आचार्यले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समन्तमणी आचार्यलाई विद्यावारिधि हासिल गरेकोमा सम्मानित समेत गरिएको थियो ।
