• Tuesday 8th of September 2026

गणित टपर प्रतियोगिताको ११औं संस्करण माघ २४ गते आयोजना हुँदै : हजारौं विद्यार्थी सहभागी हुने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । जोरपाटीमा रहेको लर्ड बुद्ध ईन्स्टिच्युटको आयोजनामा ११ औं संस्करणको गणित टपर प्रतियोगिता माघ २४ गतेबाट आयोजना हुने भएको छ । आज बौद्धको होटल टिवेटमा रहेको सभाहलमा भएको कार्यक्रममा सोको जानकारी गराईएको हो ।

कार्यक्रममा हिसान गोकर्णेश्वरका अध्यक्ष राजकुमार श्रेष्ठ, निसानका पुर्व अध्यक्ष ओम प्रसाद ढकाल,निसानका महासचिव नवराज सापकोटा,प्याब्सन गोकर्णेश्वरका कोषाध्यक्ष छेवाङ छेदर भुटिया,प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष कृष्ण गौतम,नेशनल प्याब्सन गोकर्णेश्वरका अध्यक्ष निराजन आचार्य,इसानकी साधना खतिवडा,हिसान बागमतीका सचिव मदन सुवेदी, लर्ड बुद्ध एजुकेसन क्लबका सल्लाहकार बालमुकुन्द कार्की,इसान गोकर्णेश्वरका अध्यक्ष गणेश खतिवडा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निर्देशकअसितमान श्रेस्ठ र अध्यक्षता प्रवन्ध निर्देशक विधान लिम्बुले गरेका थिए ।

गणित टपर प्रतियोगितामा हरेक विद्यालयका कक्षा १० का ५ विद्यार्थीले सहभागिता जनाउन पाउने लर्ड बुद्ध ईन्स्टिच्युटका प्रवन्ध निर्देशक विधान लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij