• Tuesday 8th of September 2026

किन पाइन् स्वस्तिमाले मेगास्टारको ट्याग ?(भिडियो)


  • आशाका किरण

यो वर्ष नायिका स्वस्तिमा खड्कालाई नेपाली चलचित्रले धेरै कुरा दियो । उनले पनि आफूले काम गरेका चलचित्रलाई धेरै कुरा दिइन् । यही वर्ष उनी नेपाल लाई प्रतिनिधि गर्दै विश्व माझ पुगिन् । भने यही वर्ष उनका दुई चलचित्र नराम्रोसँग डुबे । यति बेला उनी अभिनीत अर्को चलचित्रको छायाङ्कन सक्किएको छ । मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे । चलचित्रमा मुख्य भूमिका निभाएकी  स्वस्तिमाले कार्यक्रममा ‘चपली हाइट ३’को छायाङ्कनका क्रममा धेरै अप्ठेरो भोगेको सुनाइन् । उनले चलचित्रको क्लाइमेक्समा जाडो मौसममा रातभर पानीमा रुझ्नु पर्दाको पिडा सुनाइन् । उनी भन्छिन्, ‘३ दिनसम्म मध्यरातमा चिसो पानीमा रुझ्नु परेको थियो । त्यो बेलामा निर्देशक निकेश खड्काको अनुहार पनि हेर्न चाहँदैनथेँ । चिसो पानीमा रुझ्दै तातो पानी खन्याएर काम गरेँ ।’

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij