• Tuesday 8th of September 2026

‘समृद्धिको मूल आधार सङ्घीयता’


  • आशाका किरण
d'VodGqL /fO{ emfkf, @^ df3 M emfkfsf] sfFs8le§fdf cfh ;'? ePsf] 5}6f}+ Pl;og u|fdL0f ko{6g dxf]T;jsf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ k|b]z g+ ! sf d'VodGqL z]/wg /fO{ . t:jL/M rGb|snf e08f/L÷/f;;

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै सङ्घीयता भएको बताउनुभएको छ । इलाममा आजदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उहाँले नाटक पनि सङ्घीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताउनुभयो । विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै उहाँले कला र सङ्गीतको पनि उत्तिकै विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “गीत, सङ्गीत, पहिचान र कलालाई समृद्धिको मूल आधार बनाउनुपर्छ”, उहाँले भन्नुभयो । महोत्सव आगामी फागुन १ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । सातवटै प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका नाटक महोत्सवमा प्रस्तुत गरिनेछन् । महोत्वमा सातै प्रदेशका एक÷एक मौलिक नाटक मञ्चन गरिने र प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत गरिनेछ ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव शुरु गरिएको हो । संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनोट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्नेछ । प्रदेश नं १ बाट ‘सुम्निमा–पारुहाङ’, प्रदेश नं २ बाट ‘कनन हरलता’, वाग्मती प्रदेशबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकी प्रदेशबाट ‘नमबुद्ध’, प्रदेश नं ५ बाट ‘कुजरी’ कर्णाली प्रदेशबाट ‘छैँटी’ र सुदूरपश्चिम प्रदेशबाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ । आयोजकका तर्फबाट ‘थान’ नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij