सुदर्शन बजगाई,काठमाडौं । कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा रहेको विद्या आर्जन स्कुल र नेपाल स्काउट अन्तरगतको नेशनल ओपन स्काउट क्र्युको आयोजनामा विद्या आर्जन स्कुलमा अध्यनरत विद्यार्थी र आसपासका अभिभावकका लागि निशुल्क आँखा शिविर सम्पन्न भएको छ । फाल्गुन ५ गते तिलगंगा आँखा प्रतिष्ठानको टोलीले ६०० भन्दा बढीको निशुल्क आँखा जाँच गरेको हो ।

विद्यालयले स्वस्थ विद्यार्थीले मात्र राम्रो शिक्षा लिन सक्ने र विद्यालयमा पढ्ने विद्यार्थीको बढीजस्तो आँखाको समश्या हुने भएकाले शिविर संचालन गरिएको विद्या आर्जन स्कुलका प्रधानाध्यापक घनेन्द्र भट्टराईले आशाका किरणलाई बताए ।शिविरमा नि शुल्क औषधी वितरण समेत गरिएको थियो । कार्यक्रममा नेशनल स्काउट क्र्युका रोभर लिडर बिदुर गिरी लगाएतको उपस्तिथि रहेको थियो ।
