• Tuesday 8th of September 2026

नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड


  • आशाका किरण

नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्ककृष्ट कार्य गरेकामा मलेशिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सन् २०१८ मा स्थापना भई नेपालका रयाडिसन, सोल्टी, शङ्कर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले मलेशियाको म्यारियोट पुत्रजया होटलमा पनि सेवा दिइरहेकामा उत्कृष्ट व्यवस्थापन र सेवाका लागि मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । हाल सो स्पाले आफ्ना ४०० जना कर्मचारीमार्फत सेवा प्रदान गर्दै आएको छ । एशियाली देशका होटललगायतका सेवा क्षेत्रहरुका उत्कृष्ट संस्थालाई मलेशिया सरकारले प्रदान गर्दै आएको यो अवार्ड सन् २०२० का लागि नेपालको उक्त स्पालाई प्रदान गरेको हो । एसोसिएसन अफ मलेशियन स्पाको सिफारिसमा मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड ट्रान्क्वीलिटी स्पाका मलेशियाली निर्देशक खेम धामीलाई आज प्रदान गरिएको उक्त स्पाले जनाएको छ । उक्त अवार्ड प्राप्त गरेपछि निर्देशक धामीले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रको सेवाका रूपमा रहेको नेपालको स्पाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अवार्डले नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साही बनाएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij