सुदर्शन बजगाई,आशाका किरण समाचार । संसारभर फैलिएको कोरोनाको संक्रमण रोक्न निजि शैक्षिक संस्थाको सबैभन्दा ठूलो संस्था हिसानले पहल सुरु गरेको छ । हेर्नुस यस्तो छ महासचिव लोक बहादुर भण्डारीले फेसबुक मार्फत जारी गरेको अपिल जस्ताको त्यस्तै :
नोवेल कोरोना भाइरस सम्वन्धि हिसानको अपिल
विश्वका ११५ मुलुकहरुमा नोवेल कोराना भाईरस (कोभिड १९) को सक्रमण फैलिरहेको तथा नेपालमा हाल नदेखिएता पनि विश्वब्यापी रुपमा फैलिरहेको सन्दर्भमा यसको सक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरि त्यसतर्फ सतर्क र सचेत रहनुपर्ने देखिएकाले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) द्धारा यो अपिल जारी गरिएको छ ।

