• Saturday 25th of July 2026

एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा


  • आशाका किरण
lxpFsf] af6f] l5rf]Nb} k/LIff s]Gb|df a]gL, % r}t M r}t ^ ut]af6 ;'? x'g] dfWolds lzIff k/LIff -P;O{O_df ;xefuL x'gsf nflu lxpFsf] af6f] l5rf]n]/ k/LIff s]Gb|tkm{ hfFb} u/]sf ljBfyL{ . k/LIffdf ;xefuL x'g x]d dflj l;jfªdf /x]sf] k/LIff s]Gb|df cfpgsf nflu pgLx?n] sl/a * 306fsf] lxpFsf] ofqf kf/ u/]sf x'g . a]df};dL lxdkftsf] sf/0f af6f] k'l/Pkl5 hf]lvdk"0f{ tj/n] ofqf ug'{k/]sf] 5 . t:jL/ M sdn vqL ÷/f;;

बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका हुन् । हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ रहेको छ । बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा आइपुगेको प्रअ सुवेदीले बताउनुभयो ।

परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ । गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ । म्याग्दीमा यस वर्ष एसइई परीक्षामा दुई हजार १९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । परीक्षामा एक हजार ११० छात्रा र एक हजार ८७ छात्र सहभागी हुने एकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij