• Tuesday 8th of September 2026

राज्यको नियन्त्रणमा नबस्ने सबै निजि विद्यालय बन्द गर्नुपर्छ : रन्जित तामाङ


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का सह-अध्यक्ष रन्जित तामाङले राज्यको नियन्त्रणमा नबस्ने सबै निजि विद्यालय बन्द गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै तामाङले सो धारणा राखेका हुन् । कोरोनाले आक्रन्त नेपाली अभिभावकसंग चैत महिनाको फी राज्यले नलिन निर्देशन गरेतापनी नाफाकै लागि खोलीएका शैक्षिक संस्थाले राज्यको निर्देशन पालना नगरेकाले सो खालका संस्थाका सटर बन्द गरेर अन्य व्यवसाय गर्न समेत तामाङले निजि विद्यालयका संचालकलाई अनुरोध गरे । फाईदा कमाउन अन्य व्यसाय गर्नुहोस् ठिलो चाँडो निजि विद्यालय सबै राज्यले बन्द गर्नुपर्छ भन्न्ने आफ्नो मान्यता रहेको तामाङले आशाका किरण मिडियालाई बताए । अनेरास्ववियू शिक्षामा ब्यापारीकरण हुनु हुँदैन भन्ने कुरामा प्रस्ठ रहेको  तामाङले बताए । केही निजि विद्यालयका संचालकले चन्दा माग्न यस्तो तर्क गरेको भनेर आफ्नो चरित हत्या गर्न खोजेको भन्दै तिनीहरुलाई अनेरास्ववियूले झन्डै १ वर्ष अगाडि संगठनले कसैसंग चन्दा नलिने घोषणा गरेको कुरा सम्झन अनुरोध समेत गरे । अहिले चैत महिनाको शुल्क मिनाह नगर्नेलाई बन्द गर्ने भनेतापनी निकट भविस्यमा सबै निजि शैक्षिक संस्था बन्द गर्नु पर्छ भन्ने कुरामा आफू अडिग रहेको तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij