• Tuesday 8th of September 2026

काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली


  • आशाका किरण
bfª, !@ r}t M k|b]z g+ % ;/sf/n] a'waf/b]lv bfªsf] a]nem'08Ldf ;~rfngdf NofPsf] sf]/f]gf efO/; -sf]le8–!(_ ;ªqmd0fnfO{ /fVg c:ktfndf /flvPsf] cfO;f]n];g sIf . sf]le8–!( ;ªqmdsnfO{ nlIft u/L a]nem08Ll:yt cfo'j]{b cWoog ;+:yfgsf] lzIf0f c:ktfnsf] ejgdf ;f] c:ktfn ;~rfngdf NofPsf] xf] . ;f] c:ktfndf Ps;o a]8 /flvPsf] 5 . Tf:jL/ M gf/fo0fL /hf}/]÷/f;;

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन)मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबास मै बसाइएको हो । स्थानीय तहले हालसम्म २८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमारियल अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको छ । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडीटी भएको छ । यसैबीच, परीक्षणका क्रममा मङ्गलबार दुई युवामा कोरोना भाइरस सङ्क्रमणको शङ्का देखिएकाले दुबै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा झाले बताउनुभयो । उहाँले भन्नुभयो “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरुको अवस्था थाहा हुनेछ ।” उहाँले शङ्का लाग्दैमा ‘कोरोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताउनुभयो । कारोना भाइरसको शङ्कामा आइसोलेशनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij