सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाली काँग्रेसकी नेतृ रजनी थापाले फ्रन्टलाईनमा खटिने पत्रकारहरुकोलागी केही थान पिपिइ,मास्क ग्लोभ्स र स्यानिटाइजर वितरण गरेकी छिन् । आज नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा नेतृ रजनी थापाले सो सामाग्री नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई हस्तान्तरण गरेकी थिइन् । नेतृ थापाले आफुपनी कुनै कालखण्डमा पत्रकार रहेको र पत्रकारलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरिन । थापा नेपाल काँग्रेसको तर्फबाट टोखा नगरपालिकामा उपमेयरमा झिनो मतले पराजित उम्मेदवार हुन् ।
