• Wednesday 9th of September 2026

ब्यापारी दिपक मल्होत्राद्वारा नेपाल पत्रकार महासंघलाई ७००० थान मास्क सहयोग


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण मिडिया । ब्यापारी दिपक मल्होत्राले आज एक कार्यक्रमकाबिच नेपाल पत्रकार महासंघ केन्द्रलाई ७००० थान मास्क हस्तान्तरण गरेका छन् । तिलगंगामा रहेको महासंघ कार्यालय पुगेर मल्होत्राले पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई मास्क हस्तान्तरण गरेका हुन् । आफ्नै कम्पनीले उत्पादन गरेको मास्क अग्रपंक्तिमा खटिने पत्रकारकोलागि महत्वपूर्ण हुने भन्दै सहयोग गरेको  मल्होत्राले बताए । मास्क हस्तान्तरण गरेकोमा मल्होत्रालाई पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । सो मास्क अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij