• Wednesday 9th of September 2026

महामारीको बेला कुटिए डाक्टर : ज्यान मार्ने धम्की आउँदासमेत प्रहरीले सुरक्षा नदिएको डाक्टरहरुको आरोप


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजका डा श्रीकुमार श्रेष्ठ  कुटिएपछी अस्पताल आन्दोलनस्थलमा परिणत भएको छ । उपचारको क्रममा एक जनाको ज्यान गएको र त्यसमा डाक्टरको लापरबाही भन्दै मृतकका छोराले आफुमाथी हमला गतेको श्रीकुमार श्रेश्रेष्ठले आशाका किरण मिडियालाई बताए । ड्युटीमा खटिएको डाक्टरलाई कुट्नु अपराध हो भन्दै आफ्नो ज्यानको सुरक्षाको माग गर्दै नेपाल मेडिकल कलेजका डाक्टरहरु आन्दोलित भएका हुन् । अस्पताल प्रशासनले मृतकको परिवारको पक्ष लिँदै सिसिटिभी फुटेज नस्ट गरेको र दोषीलाई कारवाही गर्न आनकानी गरेपछि फिवर क्लिनिक र आकस्मिक बाहेकका सम्पुर्ण सेवा ठप्प पार्न आफुहरु बाध्य भएको संघर्ष समितिका संयोजक डा गुन्जन खड्काले बताए । दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने खड्काले बताए । हेर्नुस सोही विषयमा क्यामेराम्यान रबि कुमार बरुवालको सहयोगमा सुदर्शन बजगाईले तयार पारेको भिडियो रिपोर्ट :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij