• Tuesday 8th of September 2026

के तपाईंको नानीबाबुले राम्रो चित्र कोर्छन् ? जेभियर इन्टरनेशनल स्कुलले आयोजना गर्दैछ राष्ट्रब्यापी चित्रकला प्रतियोगिता


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण मिडिया । बौद्धमा रहेको जेभियर इन्टरनेशनल स्कुलले रास्ट्रब्यापी अनलाइन चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । लकडाउनमा विद्यार्थीको सिर्जनशिल क्षमता बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलकी निर्देशक गिता भण्डारीले आशाका किरण मिडियालाई बताइन् । विद्यार्थीले आफुले कोरेको चित्र जेभियरको वेबसाईटमा अपलोड गरेर प्रतियोगितामा भाग लिन सक्ने गिता भण्डारीले बताइन् । ६-१० वर्षका उमेर समुहलाई र ११-१५ उमेर समुहकालाई गरि दुई बिधामा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ ३० गतेभित्र आफुले कोरेको चित्र जेभियर स्कुलको वेबसाईटमा पठाईसक्नुपर्ने छ । विजेतालाई प्रमण-पत्र र नगद पुरस्कार समेतको ब्यवस्था रहेको आयोजक जेभियर इन्टरनेशनल स्कुलको दाबी छ । बिस्तृत जानकारीको लागि स्कुलको फेसबुक पेज अथवा स्कुलको नम्बरमा सम्पर्क गर्न सकिने छ ।
थप जानकारीका लागि :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij