कोरोना भाइरसको कारण विश्वब्यापी रुपमा मानव जातिलाई आफ्नो अस्तित्व कायम राख्न निकै ठुलो चुनौती सिर्जना भएको छ।चुनौती मानव जातिमा जहिले आउन सक्छ।त्यसलाई सामाना गर्दै सङ्कट्को परिस्थितिमा मानव क्रियाकलापलाई सामान्यीकरण गर्दै अगाडि बढनुपर्ने देखिन्छ । हाम्रो घर परम्परा, संस्कृति ,संस्कार सिक्ने आधार सगै स्कुल औपचारिक शिक्षा आर्जन गर्ने मन्दिर हो।जीवन जिवनोपयोगी शिक्षाको साथमा असल र सक्षम विद्यार्थी बनाउन हातमा समाइ डोर्याउने र आँखामा शिक्षाको ज्योती छर्ने काम स्कुलको हो ।स्कुलमा भौतिक रुपमा उपस्थित हुन नसक्दा पनि स्कुल ब्यबस्थापन र प्रशासनको सहयोगमा प्रबिधि सिकेर शिक्षकले घरमा बसेका बालबालिकालाई सिकाउने कामलाई धन्यवाद दिनै पर्छ र लकडाउन हुँदा पनि बालबालिकालाई प्रबिधि मैत्री बनाउदै आफ्नो साथीहरु शिक्षकसंग सिक्न पाउदा घर पनि स्कुल भन्दा कम हुदो रहेन्छ भन्ने महसुस नहोला भन्न सकिन्न। यही कुरालाई मध्यनजर गरेर थापाथलीमा रहेको विनायक शान्ति निकेतनले वैशाख ८ गतेबाट नियमित अनलाइन कक्षा संचालन गर्दै आएको छ। अहिले केही महिना देखि स्कुलको बाताबरण नपाउदा, पठनपाठन नहुदा ,शिक्षक र साथीहरूलाई भेट्न नपाउदा बालबालिकाको समय अनुत्पादक नहोस् र घर नै जेल जस्तो नहोस भनेर अनलाइन कक्षा संचालनमा ल्याइएको विनायक शान्ति निकेतन स्कुलका निर्देशक अर्जुन अधिकारीले आशाका किरण मिडियालाई बताए। लकडाउन अवधीभर कक्षाले निरन्तरता पाउने स्कुलको दाबी छ। विनायक शान्ति निकेतन शैक्षिक क्षेत्रमा स्थापित नाम हो। ५०० बढी विद्यार्थी संख्या रहेको विनायक शान्ति निकेतनमा दैनिक ४०० भन्दा बढीले अनलाईन कक्षामा सहभागिता जनाउने गरेको स्कुलको दाबी छ।
