• Wednesday 9th of September 2026

लकडाउन खुकुलो: के खुल्ने के नखुल्ने (सुचीसहित)


  • आशाका किरण

सरकारले लकडाउन सहजीकरण गर्ने निर्णय गरेको छ । निजी तथा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनको बिहिबारबाट अनुमति दिएको छ । पसल, व्यवसाय, उद्दोग र कलकारखाना पनि खोल्न अनुमति दिएको सरकारका एक मन्त्रीले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको हकमा सिटको आधा संख्या मात्र राखेर सवारी सञ्चालन गर्न दिइनेछ । तर, जोर दिनमा जोर र बिजोर दिनमा बिजोर नम्बरको सवारीमात्र सञ्चालनको अनुमति छ । प्रदेशहरुको हकमा प्रदेश सरकारलाई निर्णयको अधिकार दिइएको छ ।

सुरक्षाको मापदण्ड अपनाएर पसल व्यवसाय खोल्न छुट दिइएको छ । ७८ दिनको लकडाउन पछि पसल व्यवसाय बिहिबारबाट खुल्ने भएका हुन् ।

उद्दोग कलकारखाना र पूर्वाधार निर्माणका कामको अनुमति दिने निर्णय भएको छ । योसँगै सडकलगायत पूर्वाधार निर्माण शुरु हुनेछ ।
लामो दुरीको सवारी भने सञ्चालनको अनुमति दिइएको छैन । निजी सवारी पनि लामो दुरीमा सञ्चालनको अनुमति दिइएको छैन ।

यसैगरी, एसईई परीक्षा यस वर्ष नलिने निर्णय भएको छ । विद्यालयहरुले लिएको आन्तरिक परीक्षा मुल्यांकनलाई नै मान्यता दिइनेछ ।

के के खुल्ने
अस्पताललगायत अत्यावश्यक सेवा
कृषि कार्य
भौतिक पूर्वाधार निर्माण
आधा सिटमा सवारी सञ्चालन, जोर बिजोर प्रणाली
पसल व्यवसाय
उद्दोग तथा कलकारखाना
होटल

के के नखुल्ने
शैक्षिक संस्था
मनोरञ्जन स्थल
जीम हल
पौडी पोखरी
खेलस्थल

लामो दुरीमा सवारी

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij