• Tuesday 27th of October 2026

एकैदिन ३५ जनामा कोरोना सक्रमण


  • आशाका किरण

बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा झाले बताउनुभयो । एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो । सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij