• Wednesday 9th of September 2026

क्यान्सर अस्पतालको पिसिआर परीक्षण प्रयोगशाला तयार


  • आशाका किरण
lkl;cf/ d]l;gsf] z'ef/De sf7df8f}F, !@ h]7 . dxf/fhu~hl:yt lqlj lzIf0f c:ktfndf /flvPsf] lkl;cf/ d]l;g . pQm d]l;g z'ef/Dekl5 sf]le8–!( k/LIf0f ug{ ;f]xL c:ktfndf ;Dej ePsf] 5 . t:jL/M k|bLk/fh jGt÷/f;;

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार भइरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरी प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो “क्रश चेकिङ्गको काम भइरहेको छ । अब हामी परीक्षण गर्न सक्छौँ ।” अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रयोगशालाको निरीक्षण गरी अनुमति दिन अनुरोध गरिसकेको छ ।

गौतमका अनुसार मङ्गलबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परीक्षण शुरु हुने भएको हो । सङ्क्रमण बढ्दै गएका कारण पिसिआर परीक्षणबिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगेपछि आफ्नै प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने गरी व्यवस्थित गरिएको हो । आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाइ भइरहेको भन्दै गौतमले भन्नुभयो “धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।” गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परीक्षण प्राथमिकतामा राखिने छ ।

शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा सञ्चालक समितिले गर्ने उहाँले जानकारी दिनुभयो । प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशाला त्यति नै क्षमताको हो । क्यान्सर अस्पतालमा प्रयोगशाला सञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् । हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij