• Thursday 10th of September 2026

बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष


  • आशाका किरण
e/tk'/ dxfgu/df ;~rflnt cfO;f]n]zg lrtjg, !$ ebf} M e/tk'/ dxfgu/kflnsfn] cfOtaf/af6 sf]/f]gf ;ªqmldtnfO{ /fVgsf nflu e/tk'/l:yt jfu]Zj/Ldf /x]sf] of]uL g/xl/gfy of]u tyf k|fs[lts lrlsT;fnodf ;~rfngdf NofPsf] cfO;f]n]zg . tl:a/M gf/fo0f clwsf/L÷/f;;

बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् ।

तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् । बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताउनुभयो । सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेशन निर्माणमा करीब रु एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij