• Thursday 10th of September 2026

शुक्लाफाँटामा २५ श्ययाको आइसोलेसन सञ्चालन


  • आशाका किरण
cfO;f]n];g jf8{ bdf}nL, # r}t M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–% a]nrf}tf/fdf /x]sf] lhkL sf]O/fnf /fli6«o Zjf;k|Zjf; pkrf/ s]Gb|df lgdf{0f ul/Psf] cfO;f]n];g sIf . ljZje/ km}lnPsf] sf]/f]gf efO/;sf] zªsf:kb la/fdLsf] pkrf/sf nflu s]Gb|df @) zoofsf] cfO;f]n];g sIf :yfkgf ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो । कारोना भाइरस सङ्क्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । “पच्चीस शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्याका आधारमा शय्या सङ्ख्या बढाउँदै लैजाने योजना छ ।”

आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० कारोना सङ्क्रमितलाई राखिएको छ । आइसोलेसनमा बस्नेलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ । लक्षणविहीन सङ्क्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका सङ्क्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताउनुभयो । नगरपालिकाले यसअघि भारतबाट फर्कनेहरुलाई होम क्वारेन्टिनमा पठाउँदै आएकामा अबदेखि श्रीकृष्ण माध्यमिक विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरी राख्ने भएको छ ।

“भारतलगायत अन्य मुलुकबाट फर्कनेहरुलाई सिधै सीमा क्षेत्रबाट क्वारेन्टिनमा राख्छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो । भारतलगायत अन्य मुलुकबाट आउनेलाई नगरपालिकाले यसअघि होम क्वारेन्टिनमा पठाउँदै आएको थियो । समुदायमा सङ्क्रमण फैलिने खतरा बढेपछि क्वारेन्टिनको व्यवस्था गरिन लागेको हो । नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij