सुदर्शन बजगाई,आशाका किरण समाचार । कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर चारमा रहेको राष्ट्रिय सहिद पार्कमा ७० शैयाको आइशोलेशन सेन्टर सुरुवात गरेको छ। भाडामा बस्ने र गरिब जनतालाई लक्षित गरेर आइशोलेशन सेन्टर सुरु गरिएको सेन्टरका प्रमुख अनन्त भेटुवालले आशाका किरण मिडियालाई बताए। हाललाई १०० दिनसम्मको तयारी गरेर सुरु गरिएको भेटुवालले बताए। सेन्टरका उप-प्रमुख कुमारराज सुवेदीका अनुसार शान्त वातावरण रहेको कारण गोकर्णको जगडोल चयन गरिएको बताए। विश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार बेडको दुरी कायम गरेको डा राजेन्द्र प्रसाद बरालले बताउनुभयो। संसारभरमा लायन्सको यो पहिलो आइसोलेशन सेन्टर रहेको र यसले अन्तरास्ट्रिय स्तरमा नेपालको छबी उचो परेको लायन्स एरीया टिम लिडर खगेन्द्र सिटौलाले जानकारी गराए। लायन्स क्लबले यस्ता विभिन्न अभियान संचालन गरिरहेको डिस्ट्रिक्ट ३२५ ए १ का डिस्ट्रिक्ट गभर्नर टंक बहादुर श्रेष्ठले बताए । हेर्नुस भिडियो रिपोर्ट :
