• Thursday 10th of September 2026

गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थपिए


  • आशाका किरण

गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ जना, नवलपरासी पूर्वका १५ जना, गोरखाका १८ जना, तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।

पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ जना महिला र आठ जना पुरुष हुनुहुन्छ । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई जना, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना दुई जना स्टाफ नर्स र दुई जना सहयोगी हुनुहुन्छ । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij