सुदर्शन बजगाई,आशाका किरण मिडिया । संसार कोरोनाले त्रसित र आतंकित भएको बेलामा डा रमेश ढकालले कोरोना बाट नडराउन नेपाली जनतालाई अपिल गरेका छन् । आशाका किरण मिडियासंग कुरा गर्दै डा ढकालले सो कुरा बताउनु भएको हो । सामान्य उपचार र २-३ हप्ताको रेस्टले निको हुने भन्दै नेपाली जनतालाई कोरोनाबाट नडराउन आग्रह समेत गरेका छन् । सकभर भिडभाडमा नजाने,जानै परेपनी मास्क प्रयोग गर्ने र कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर वा पटक पटक साबुन पानीले हात धुन ढकालले आग्रह समेत गरेका छन् ।कस्तो खाना खाने ? कस्तो हुनुपर्छ दैनीकी ?के – के छन् उपचार पद्धति र कसरी निदान हुन्छ त कोभिड १९, हेर्नुस् आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले शंखरापुर अस्पतालका कार्यकारी निर्देशक डा रमेश ढकालसंग गरेको कुराकानीको संपादित अंश :
यो पनी हेर्नुहोस् :
कोरोना औषधि कम्पनीको दलाली गर्ने WHO को षडयन्त्र र आतंक हो ,अब जनताले प्रतिकार गर्नैपर्छ : कर्णबहादुर शाही
नेशनल प्याब्सनका पुर्व अध्यक्ष एवम् शिक्षाविद् कर्णबहादुर शाहीले कोरोना विश्व स्वास्थ संगठन र राज्यको आतंक रहेको कुरा बताएका छन् । औषधि कम्पनीको दलाली गर्ने विश्व स्वास्थ संगठनको प्रभाबमा परेर सरकारले लकडाउन गरेर सारा जनतालाई अन्धकारमा घकेलेको कुरा शाहीले बताएका छन् । भ्याक्सिन र स्वास्थ सामाग्रीको ब्यापार बढाउन नियोजित रुपमा लकडाउन गरेको शाहीको तर्क छ । हेर्नुस आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईले कर्ण बहादुर शाहीसंग गरेको भिडियो कुराकानीको संपादित अंश :
