• Thursday 10th of September 2026

एक हजार ३१३ जनामा कोरोना सङ्क्रमण


  • आशाका किरण
CORRECTION - This photo taken on March 7, 2020 shows doctors working during a caesarean section at a gynaecology and obstetrics isolation ward for expectant mothers infected by the COVID-19 coronavirus in Xiehe hospital in Wuhan in China's central Hubei province. - China on March 8 reported its lowest number of new coronavirus infections since January, with nearly all the 44 new cases in the outbreak epicentre Wuhan. (Photo by STR / AFP) / China OUT / “The erroneous mention[s] appearing in the metadata of this photo by STR has been modified in AFP systems in the following manner: ADDS INFO TO CAPTION [ward for expectant mothers infected by the COVID-19 coronavirus in Xiehe hospital in Wuhan in China's central Hubei province.]. Please immediately remove the erroneous mention[s] from all your online services and delete it (them) from your servers. If you have been authorized by AFP to distribute it (them) to third parties, please ensure that the same actions are carried out by them. Failure to promptly comply with these instructions will entail liability on your part for any continued or post notification usage. Therefore we thank you very much for all your attention and prompt action. We are sorry for the inconvenience this notification may cause and remain at your disposal for any further information you may require.”

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी हालसम्म आइसियुमा २२७ जना उपचाररत छन् भने भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा आठ हजार २३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४६४ जना छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित जिल्लामा मोरङ, सिराह, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर गरी सात जिल्ला छन् भने शून्य सङ्क्रमित रहेको जिल्लामा सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पा रहेका छन् । पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij