सुदर्शन बजगाई,आशाका किरण समाचार । संसार कोरोना महामारीका कारण आक्रन्त बनेको छ । विश्वको अर्थतन्त्रनै ठप्प बनेको छ । संसार कोरोनाबाट बच्न र पहिलाको अवस्थामा कसरी फर्कनी भनेर चिन्तित छ । कोरोनाको मारमा सबैभन्दा बढी शिक्षा क्षेत्र परेको छ । नेपालमापनी शिक्षाको क्षेत्र सबैभन्दा बढी पीडित छ ।
धेरै स्कुलले अहिलेसम्म अनलाइन कक्षा संचालन गर्न सकेकोछैनन् । नेपालका अधिकांश स्कुल अनलाइन कक्षा कसरी प्रभावकारी बनाउने भन्ने सोची रहेको बेला काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध टुसालमा रहेको जेभियर इन्टरनेसनल स्कुलका विद्यार्थी भने अस्ट्रेलियाको नर्थ केलीभिली पब्लिक स्कुलका विद्यार्थीसंग अन्तरक्रिया गर्न ब्यस्त रहे ।

अस्ट्रेलियामा रहेको नर्थ केलीभिली पब्लिक स्कुलका विद्यार्थीले साहायक प्रधानाध्यापक रेकुल इजार्डको उपस्तिथिमा जेभियर इन्टरनेसनल स्कुलका विद्यार्थीले सामाजिक,सांस्कृतिक आर्थिक राजनैतिक र समाजका विभिन्न पाटामा सुचना आदानप्रदान गरेका थिए । संसार महामारीमा पिल्सिएका बेला जेभियरका विद्यार्थीले अस्ट्रेलियाका विद्यार्थीसंग अन्तरक्रिया गर्न पाउँदा विद्यार्थी खुसी भएका र विद्यार्थीले अस्ट्रेलियाको बारेमा धेरै जानकारी लिएको गीता भण्डारीले आशाका किरण मिडियालाई बताइन् ।
नेपालका विद्यार्थीलाई विश्व स्तरमा प्रतिस्पर्धामा उभ्याउन जेभियर स्कुलले अन्तरास्ट्रिय रुपमा विभिन्न स्कुलसंग कार्यक्रम आदानप्रदानको सम्झौता गरेको र त्यस अनुरुप अस्ट्रेलियाको स्कुलसंग कार्यक्रम गरिएको जेभियर इन्टरनेसनल स्कुल/कलेजका सिईओ लोक बहादुर भण्डारीले बताए । विभिन्न कार्यक्रममा विद्यार्थीमा रहेको क्षमता प्रस्फुटन गराउन जेभियर स्कुलका विद्यार्थीले अमेरिका,जापान,सिंगापुर,दुबई,इजरायल लगाएतको विभिन्न ठाउँमा सहभागिता जनाईसकेका छन् ।

अन्तरास्ट्रिय पाठ्यक्रममा आधारित रहेर नेपाली पाठ्यक्रममा पढाइ हुने जेभियर इन्टरनेसनल स्कुलले २००६ देखि एसईइमा उत्कृष्ट नतिया ल्याउन सफल भएको छ । ए लेभलमा धेरैचोटी संसार टप गरेको काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध टुसालमा रहेको जेभियर इन्टरनेसनल स्कुल केही समय अगाडि दुबईमा उत्कृष्ट स्कुल अवार्डबाट सम्मानित समेत भएको थियो । दबाब होइन हौसला भन्ने नारा लिएर उत्कृष्ट पुर्वाधार सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जेभियर स्कुल काठमाडौंको उत्कृष्ट स्कुल मध्यको एक हो ।
