• Saturday 25th of July 2026

विद्या संस्कार स्कुलको ठगी धन्दा बिरुद्ध अभिभावक आन्दोलित


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौंको जोरपाटीमा रहेको विद्या संस्कार स्कुलले अभिभावक ठगेको भन्दै अभिभावकहरु आन्दोलित भएका छन् । दिनमा २ वटा कक्षा संचालन गरेर अतिरिक्त क्रियाकलाप शुल्क समेत लिएपछि अभिभावकहरु रुष्ठ बनेका हुन् । गोकर्णेश्वर नगरपालिकाले यस अघि  गरेको साउन महिनाबाट मात्र शुल्क लिन पाउने र २०७६ सालमा कायम रहेको शुल्क बढाउन नपाउने र अतिरिक्त कुनै शुल्क  लिन नपाउने निर्णयलाई ठाडो चुनौति दिँदै शुल्क असुलेपछि अभिभावक न्याय खोज्दै नगरपालिका घेराउ गर्न पुगेका हुन् ।

 

२०७६ मा लिएको शुल्कनै २०७७ मा कायम गर्ने गोकर्णेश्वर नगरपालिकाको निर्णयलाई लत्याउँदै विद्या संस्कार स्कुलले अभिभावकको ढाड सेक्नेगरी शुल्क निर्धारण गरेको हो । मासिक शुल्क तिर्न तयार रहेतापनी विद्यालयले केही नगराई अतिरिक्त शुल्क लिएपछि अभिभावकको ५० जना भन्दा बढीको समूह न्याय खोज्दै गोकर्णेश्वर नगरपालिका पुगेको हो । प्रधानाध्यापक डा.सुधिर कुमार झासंग कुरा गर्दा आफुले कुनैपनी शुल्क बढी नलिएको र विद्यार्थीले उपभोग गरेको सुबिधाको मात्र शुल्क लिएको बताए ।
 हेर्नुस विद्यालय प्रशासनले शुल्क नबुझाए अनलाइन कक्षामा विद्यार्थी नराख्ने भनी पठाएको धम्कीपुर्ण पत्र :
हेर्नुस् २०७६ को शुल्क विवरण :
अहिले स्कुलले पठाएको पहिलाकै वर्षको शुल्क लिनुपर्ने गोकर्णेश्वर नगरपालिकाको निर्णयलाई लत्याउने शुल्क :
असन्तुष्ट अभिभावकले विद्यालयलाई बुझाएको ज्ञापन पत्र :
 
यस्तो छ गोकर्णेश्वर नगरपालिकालाई अभिभावकले बुझाएको ज्ञापन पत्र :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij