• Thursday 10th of September 2026

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु


  • आशाका किरण
zj Joj:yfkg kf]v/f, @% ;fpgM sf]/f]gf ;ªqmldtaf6 d[To' ePsf kf]v/f dxfgu/kflnsf– !( sf ^@ jifL{o k'?ifsf] zj kf]v/f, dxfgu/–#@ dh'jfl:yt /ftf]klx/f] 3f6df Joj:yfkg ug]{ qmddf g]kfnL ;]gf . tl:a/M /flwsf sF8]n÷/f;;

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गाैला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

कपिलवस्तुमा महिलाको मृत्यु कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ निवासी ५० वर्षीया कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ । उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताउनुभयो । यससँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij