• Thursday 10th of September 2026

कोषको रकमबाट पिसिआर मेसिन


  • आशाका किरण
Kansas National Guard member Roy Manns writes down results as he runs samples through an Abbott coronavirus testing machine at a drive-through testing site on Wednesday in Dodge City.

कोभिड राहत कोषमा रु ७७ लाख ३७ हजार ३५४ जम्मा भएको मोरङ व्यापार सङ्घले जनाएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने उद्देश्यले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मोरङ व्यापार सङ्घमा प्रकाश मुन्दडा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे तथा नागरिक समाजको अरुण न्यौपानेसमेतको आह्वानमा सो रकम कोषमा जम्मा भएको हो ।

निजी क्षेत्र तथा नागरिक समाजको तर्फबाट स्वःस्फूर्त रुपमा आर्थिक सङ्कलन गरी खडा गरेको सो कोषमा जम्मा भएको रकमबाट पिसिआर मेसिनमा रु ३१ लाख ६४ हजार र आर एनए एक्स्ट्र मेसिनमा रु ३१ लाख ९९ हजार ९९९ खर्च भई बचत रहेको रु तीन लाख ७३ हजार ३५४ आगामी दिनमा आवश्यकताअनुसार खर्च गर्ने मोरङ व्यापार सङ्घका अध्यक्ष मुन्दडाले जानकारी दिनुभयो । उहाँले विषम परिस्थितिमा दुवै मेसिन खरिद गर्न मानवीय सेवा भावले निजी र नागरिक समाजबाट स्वःस्फूर्त आर्थिक सहयोग जुटेको र यो सहयोग निरन्तर भइरहने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij