• Saturday 25th of July 2026

काभ्रेस्थली माविका लागि नवनिर्मित भवन हस्तान्तरण


  • आशाका किरण

तारकेश्वर नगरपालिका वडा नं २ स्थित काभ्रेस्थली माविका लागि नवनिर्मित भवन बुधबार हस्तान्तरण गरिएको छ । नेपाल सरकारको अनुदानमा डिएलपिआई र सिएलपिआई संस्थाको करीब रु चार करोड ६४ लाख लागतमा निर्माण भएको १२ कोठे आधुनिक भवनमा कम्युटर, सोलार प्यानल, पानी ट्याङ्की शौचालयलगायत राम्रो व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले बताउनुभयो ।
चार सय ५० विद्यार्थी अध्ययन गर्ने उक्त भवन अपाङ्गमैत्री रहेको बताइएको छ । हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी एवं शिक्षकलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij