• Saturday 25th of July 2026

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


  • आशाका किरण

सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो । मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताउनुभयो । यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij