कति पुरुषहरुले जति लामो अवधि यौन सम्पर्क गर्न सक्यो उति पुरुषार्थ ठान्ने गरेका छन् । तर साँचो अर्थमा लामो अवधि यौन सम्पर्क गर्नु पुरुषार्थ नहुन सक्छ । आफ्नो यौन साथीलाई चरम आनन्द दिलाउन लामो समय सेक्स गर्नु पर्छ भन्ने छैन ।
चरम सन्तुष्टिमा पुग्नलाई यौन अवधिको खासै हिसाव गरिदैन । बरु सेक्स गर्दा अपनाइने विधी, तरिकाले पाट्नरको चरम सन्तुष्टि दिलाउने अस्त्र बन्न सक्छ । यसको मतलव योनीमा लिङ्ग पसाउना साथ स्त्रीको यौन तृप्ति पुरा भइहाल्छ त्यसो भन्न खोजिएको होइन । एकअर्काको आनन्दलाई महसुश गरेर गरिने यौन सम्पर्क बढी लाभप्रद हुन्छ । लामो समय लगायर मात्र यौन सन्तुष्टि पुरा नहुन सक्छ ।
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । आफ्नो पाट्नरको यौन सन्तुष्टिलाई ख्याल नगरि वीर्य स्खलन हुनु भनेको पनि सेक्समा पाट्नरको यौन चाहाना पुरा नहुनु हो । छिटो वीर्य स्खलन नहुनलाई बिभिन्न उपायबाट कम गर्न सकिन्छ ।
जस्तो सेक्सको दौरानमा आसन परिवर्तन गरेर, स्खलन हुन लाग्दा लामो लामो स्वास माथि तानेर, केहि समय यौनसम्पर्क रोकेर, लिङ्ग योनिबाट बाहिर झिकेर, लिङ्गको फेदलाई बेस्सरी अठ्याएर, कन्डमको प्रयोग गरेर आदी विधी अपनाएर पनि शीर्घ स्खलन रोक्न सकिन्छ ।
तर त्यो गर्नु भन्दा अघि पाट्नरको चाहाना के छ ? अझै केहि समय सेक्स गर्न उनि तयार छन्की उनको इच्छा पुरा भएको छ ? ख्यालगरिनु पर्दछ । महिलाको चरम सन्तुष्टिकै समयमा पुरुषको वीर्य स्खलन हुन पुग्यो भने दुबैको त्यो बेलाको यौन सम्पर्क यादगार बन्न सक्छ । –एजेन्सी
