• Friday 11th of September 2026

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु


  • आशाका किरण

बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

कोरानाको कारण बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको आज बिहान ५ः०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो । श्रेष्ठले दिएको जानकारीअनुसार उनलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते कोहलपुरको आइसियू युनिटमा भर्ना गरिएको थियो । कोरोना आशङ्कामा भोलिपल्ट स्वाब लिएर जाँच गर्दा त्यही दिन ५ बजे कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij