• Friday 11th of September 2026

कोभिड–१९ : थप २७३६ सङ्क्रमित, ८५३ निको


  • आशाका किरण
Nurse holding test tube with Positive Coronavirus test blood sample. Virus test and research concept. Focus is on blood test tube.

पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो ।
नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन् ।
आज देखिएकामा प्रदेश नंं १ का २५३ जना, प्रदेश नंं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७८८ जना, गण्डकी प्रदेशका २०९ जना, लुम्विनी प्रदेशका २७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।
निको हुने दर असी प्रतिशत
आजको सो विवरणमा आठ सय ५३ जना आज सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा आज एक हजार ४२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन ।
२२ जनाको निधन
यस्तै आज २२ जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १४८ जनाको सङ्क्रमणबाट निधन भइसकेका छन । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सङ्क्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तीमध्ये आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमति प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।

यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् । शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij