• Friday 11th of September 2026

प्रतिष्ठानमा अब आठ थान भेन्टिलेटर


  • आशाका किरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको सङ्ख्या आठ पुगेको छ । यसअघि प्रतिष्ठानमा भेन्टिलेटरको सङ्ख्या छ थियो । बुधबार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौँले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको सङ्ख्या आठ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो ।

“प्रतिष्ठानमा हाल १० वटा आईसीयूको व्यवस्था छ”, निर्देशक डा रावलले भन्नुभयो, “यद्यपि अहिलेसम्म अन्य रोग बाहेक कोरोना सङ्क्रमितलाई जुम्लामा आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आइपुगेको छैन ।” कोरोना सङ्क्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा पुग्न नपरोस् भन्ने मर्मका साथ सचेतना तथा उपचारमा विशेष जोड दिइएको उहाँले बताउनुभयो । हाल जुम्लामा ३४६ जना सङ्क्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij