• Saturday 25th of July 2026

योनि किन टाइट पार्नुपर्ने ? कसिलो बनाउने नयाँ घरेलु तरिका


  • आशाका किरण

हामी सबैलाई थाहा भएकै कुरा हो, व्यक्तिअनुसार नै शरीर र अङ्ग-प्रत्यङ्गका नाप र स्वरूपमा केही विविधता हुन्छ। यो कुरा योनिको सन्दर्भमा पनि लागू हुन्छ। तपाईंले गुप्ताङ्ग भन्नाले योनिलाई नै भन्नुभएको होला।

 

योनिलाई टाइट गर्न किनआवश्यक भयो वा भनौं तपाईंलाई किन आफ्नो योनि खुकुलो लाग्यो भन्ने विषयमा केही लेख्नुभएको छैन। त्यसो भएको भए जवाफ दिन सजिलो हुने थियो। जे होस्, पहिले योनिका बारेमा केही चर्चा गर्नु मनासिब होला। केही कुरा योनि महिलाको नली अाकारको प्रजनन अङ्ग हो र यो भित्रबाट पाठेघरको मुखसँग जोडिएको हुन्छ।

यसले यौनसम्पर्कका बेला पुरुषको लिङ्ग ग्रहण गर्छ र पुरुषको वीर्य पनि यसैमा जम्मा हुन्छ। यो मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो। नली आकारको अङ्ग भए  पनि यसमा पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन।

सामान्य अवस्थाको कुरा गर्दा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएका हुन्छन्। यौन उत्तेजना हुँदा लिङ्ग प्रवेश सजिलो होस् भनेर यो केही मात्रामा खुल्छ जुन स्वाभाविक प्रक्रिया हो। अर्को बुझ्नुपर्ने तथ्य के पनि हो भने योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग भएकाले कसिलो पनि हुन सक्छ। एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र? पक्कै हुँदैन। योनिका हकमा पनि यही कुरा लागू हुन्छ।

योनि किन टाइट पार्नुपर्ने?
यौनसम्पर्क गरेका कारणले नै योनि खुकुलो भैहाल्ने होइन। त्यसैले योनिलाई कसिलो बनाउन अनावश्यक रूपमा प्रयास गर्नुपर्ने आवश्यकता हुँदैन, तै पनि सामान्य रूपमा योनिलाई कसिलो बनाउने प्रयास गर्नु राम्रै कुरा हो। यौन उत्तेजना हुँदा स्वाभाविक रूपमै योनि केही मात्रामा खुल्छ जसले गर्दा लिङ्गको प्रवेश सहज हुन्छ।

यौन उत्तेजना हुँदा योनिरस पर्याप्त मात्रामा निस्कनु राम्रो हो तर अलि धेरै निस्किएको अवस्थामा पुरुषले आफ्नो लिङ्गलाई पर्याप्त मात्रामा अँठयाएको वा समातेको अनुभव नगर्न सक्छ, जसलाई उसले योनि खुकुलो भएको भनेर अर्थ लगाउन सक्छ। योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ।

योनिको मांसपेशीलाई कडा राख्न सके यौन सम्पर्कका बेला खुकुलोपन महसुस गर्नु पर्दैन। यसका लागि केगेल कसरत एउटा राम्रो उपाय हो।

योनि कसिलो बनाउन के गर्न सकिन्छ?
यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegal) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने अर्थात् खुम्च्याउने गर्दा उक्त मांसपेशीलाई महसुस गर्न सकिन्छ। उक्त मांसपेशीको पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ।

सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ। बिस्तारै त्यसलाई बढाएर १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म पुर्याउनुपर्छ। यसरी यस्तै ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला केटा साथीको लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाईंलाई मात्र होइन,
तपाईंका केटासाथीलाई पनि यौनसुख प्राप्त गर्न मद्धत मिल्छ।

मेरो विचारमा तपाईंले केगेल कसरत गर्नु नै उत्तम उपाय हो। जानकारीका लागि मात्र अहिले संसारमा उपलब्ध अन्य केही विधिका बारेमा उल्लेख गर्न चाहन्छु। निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनाङ्गको मांसपेशी बलियो हुन्छ।

त्यसैगरी, विद्युतीय उत्तेजना अर्थात् योनिमा एक किसिमको यन्त्र राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ। Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष किसिमको कुर्सी हो। यसमा विशेष किसिमले चुम्बक प्रयोग गरेर यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ।

यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुई पटक यस्तै आठ हप्ताका लागि गरिन्छ। योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ। यस्ता शल्यचिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ। अचेल त यसमा लेजर प्रविधि पनि प्रयोग हुन थालेको छ। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij