• Friday 11th of September 2026

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण


  • आशाका किरण
lkl;cf/ oGqaf6 :jfasf] 8]df] k/LIf0f ;Kt/L, !* h]7 M k|b]z ;/sf/n] pknAw u/fPsf] gf} lbgkl5 h]7 !* ut] /fhlj/fhl:yt uh]Gb|gf/fo0f l;+x c:ktfnsf] k|of]uzfnfdf h8fg ul/Psf] lkl;cf/ oGqaf6 :jfasf] 8]df] k/LIf0f ub}{ Nofa 6]lSgl;og . ;Kt/Ldf ;Ílnt :jfasf] k/LIf0f lakL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg w/fgdf eO/x]sfdf h]7 !( ut]b]lv /fhlj/fhd} :jfa k/LIf0fsf] tof/L yflnPsf] 5 . t:jL/ M gfgLd}of s6jfn÷ /f;;

कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।

कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ । महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ ।

महाशाखाद्वारा जारी पे्रस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ । कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो । त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ । कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij