• Friday 24th of July 2026

वान्तवा भाषा पठनपाठन हुने


  • आशाका किरण

इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । जनजाती पत्रकार महासङ्घ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij