• Tuesday 8th of September 2026

दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै


  • आशाका किरण

सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ ।

सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबीच धनगढीमा आयोजित कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका झण्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहुँच बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बालिकाहरुलाई सहजरुपमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरु पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।”

धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको बताउनुभयो । अझै पनि भौगोलिकरुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उहाँले भन्नुभयो

बालिकाको शिक्षामा थप पहुँच बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरुको जोड थियो ।

मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी ऐजुकेशन (बेस) जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहुँच बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहुँच सहयोग परियोजनामार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij