• Tuesday 8th of September 2026

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने


  • आशाका किरण

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ ।

संस्कृत शिक्षालाई अनुसन्धान, अनुवाद, पाठ्यसामग्रीको लेखन, ग्रन्थ सम्पादन, पञ्चाङ्ग प्रकाशन, विदेशी विद्यार्थीका लागि शास्त्री (स्नातक) तहको पठनपाठन सञ्चालन गर्न लागिएको छ । साथै योग तथा प्राकृतिक चिकित्सा, परम्परागत कृत्यकर्मको संरक्षणका लागि प्रशिक्षण र अनुसन्धानजस्ता नियमित गतिविधि गर्ने प्रस्ताव विश्वविद्यालयसभाले पारित समेत गरेको छ । गत मङ्सिर २८ गते काठमाडाँैमा ७३औँ विश्वविद्यालय सभा सम्पन्न भएको थियो । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले योग तथा जीवनशैली व्यवस्थापन विषयको अध्ययन अध्यापन यसवर्षदेखि शुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले विधिशास्त्र (कानून) विषयको छुट्टै सङ्काय निर्माण गरी अध्ययनअध्यापन अगाडि बढाउने, आयुर्वेद अध्ययन संस्थानअन्तर्गत बि फार्मेसीको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, सन् २०२४ मा नेपालमा ‘अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन’ आयोजना गर्ने, आयुर्वेद विषय अध्ययन गरिरहेका र निकट भविष्यमा प्राकृतिक चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीको अभ्यास शिक्षणका लागि २०० शय्याको सुविधासम्पन्न एकीकृत शिक्षण अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग अनुरोध गर्ने जानकारी दिनुभयो ।

देउखुरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गाको भूमि बंैकको अवधारणअनुसार वैदिक कृषि अनुसन्धान केन्द्र निर्माणको काम अगाडि वढाउनेलगायतका प्रस्ताव पारित भएको कुलसचिव अधिकारीले जानकारी दिनुभयो ।

दाङको विश्वविद्यालय भवनको दक्षिण भागमा रहेको १८ बिघा जमिनमा ११ करोडको लागतमा बनस्पति उद्यान बनाउने तयारी गरेको यसको बोलपत्र यसैसाता खोलिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij